प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ तिमिलाद्धारा राजिनामा

२९ माघ २०७९, आईतवार १७:२९

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ विश्वराम तिमिलाले पदबाट राजिनामा दिएका छन् । मर्जरको अन्तिम तयारी अवस्थामा पुगेका बेला तिमिलाले राजिनामा दिएका छन । दुई वर्षअघि कम्पनीमा सिईओ नियुक्त भएका तिमिलाले कम्पनीलाई खासै गति दिन सकेका थिएनन् । पछिल्लो पटक विवादमा समेत मुछिएका थिए ।

कम्पनीको संचालक समितिको माघ २७ गते बसेको बैठकले तिमिलाले सिइओ पदबाट राजिनामा दिएपश्चा्त कम्पनीको काुम सिइओको जिम्मेवारी कविता जोशीलाई दिने निर्णय गरेको छ ।

कम्पनीमा डेपुटी सिइओ सहदेव तिवारीले पनि कम्पनी छोडेका छन् भने डेपुटी जनरल म्यानेजर दीपेन्द्रराज गौतम पनि प्रिमियर इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*