सम्पत्ति शुद्धीकरण निवारणमा नेपालले गरेन प्रभावकारी काम, फेरि ‘ग्रे लिस्ट’मा पर्ने सम्भावना
१५ फाल्गुन २०७९, सोमबार १६:४३

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रभावकारी काम नगरेपछि नेपाल फेरि ग्रे लिस्टमा पर्ने सम्भावना बढेको छ । वित्तीय कारबाही कार्यदल (एफएटीएफ)अन्तर्गतको एसिया प्रशान्त क्षेत्र समूह (एपीजी)ले ग्रे लिस्टमा राख्नुपर्ने प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो ।
कार्यदलले माघको अन्तिममा प्रधानमन्त्री तथा मन्त्रपिरिषद्को कार्यालयमा प्रतिवेदन बुझाएको थियो । मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले प्रतिवेदनले अन्तरनिकाय समन्वय निकै कमजोर देखाएको जानकारी दिए ।












