मुरारका ग्रुप र सोमानी सेरामिक्स लिमिटेडको सहकार्य

१५ फाल्गुन २०७९, सोमबार १९:४३

काठमाडौं । नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ ।मुरारका ग्रुुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।

काठमाडौंको म्यारियट होटलमा संचारकर्मी तथा कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो ।
यस बारेमा बोल्दै मुरारका ग्रुुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले भनेो, “मुरारका ग्रुुप आफ्ना ग्राहकहरूलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ । यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । साथसाथै नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।”

त्यस्तै गरी सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सिइओ अभिषेक सोमानीले भने, “नेपालको प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रुुपसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने कुरामा हामी विश्वस्त छौँ ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*