आइएमई पे र सिटी एक्स्प्रेसबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता
१६ फाल्गुन २०७९, मंगलवार १६:१०

काठमाडौं । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गर्न पाउने भएका छन् ।
सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।
उक्त सुबिधा केही समय पस्चात् लाईभ हुनेछ र लागु गरे पस्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सकिनेछ ।












