भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

१७ फाल्गुन २०७९, बुधबार १७:४२

काठमाडौं । भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य भने ३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ । यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ । डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*