मौसम खरावपछि मलेसियाबाट आएको बातिक एयर ओभरशूट, कतार एयर कलकत्ता डाईभर्ट

२० फाल्गुन २०७९, शनिबार १८:२४

काठमाडौं । एकाएक मौसम खराव भएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ठूला जहाज अवतरण गर्न सकेका छैनन् । मलेसियाबाट आएकोब बातिक एयरको बोईङ ७३७ म्याक्स जहाज ओभरसूट भएको छ ।
खराव मौसमसँग सम्झौता नगर्ने कतार एयर कलकत्ता डाईभर्ट भएको छ । त्यस्तै जापानबाट आएको नेपाल एयरलाइन्सको एयरबस एक घण्टादेखि आकाशमा फन्को मारिरहेको छ ।

काठमाडौंस्थित विमानस्थलमा हावाको बहाव उच्च हुन गई मौसम खराव हुन पुगेको छ । जसका कारण ठूला जहाजहरु केहीबेरदेखि अवतरण गर्न सकेका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*