कुशल अर्थमन्त्रीको खोजीमा प्रचण्ड, गगन थापाद्धारा अर्थमन्त्री बन्न अस्वीकार

२१ फाल्गुन २०७९, आईतवार ०७:०४

काठमाडौं । संकटपूर्ण देशको अवस्थाबाट पार लगाउन कुशल अर्थमन्त्रीको खोजीमा प्रधानमन्त्री प्रचण्डले विभिन्न व्यक्तिहरुसँग छलफल गरिरहेको बुझिएको छ । अन्य पार्टीहरुलाई राष्ट्रपतिको चुनाव लागे पनि माओवादीको उम्मेदवार नभएकोले राष्ट्रपतिको चुनावले खासै व्यस्त बनाएको छैन ।

यही मौकामा प्रधानमन्त्री प्रचण्ड देशमा उत्पन्न अहिलेको संकटपूर्ण अवस्थाबाट मुक्ति दिलाउन सक्ने कुशल अर्थमन्त्रीको खोजीमा रहेको र विभिन्न चरणहरुमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । सो क्रममा विभिन्न व्यक्तिहरुसँग छलफल भएको बुझिएको छ । आफ्नै पार्टीभित्र चलाउन सक्ने कुशल व्यक्ति नभएकोले कांग्रेसभित्रका मान्छेसँग छलफल गर्दा खासै निकास निस्कन सकेको छैन ।

माओवादीबाट पूर्व अर्थमन्त्री बनेका जनार्दन शर्मा यसअघि शेर बहादुर देउवाको पालामा धेरै गन्हाएको र अर्र्का पूर्व अर्थमन्त्री बर्षमान पुन विदेशमा उपचार गराइरहेकोले प्रचण्डले कांग्रेसका युवा नेता महामन्त्री गगन थापालाई अर्थमन्त्रीको प्रस्ताव गरेका थिए । तर, गगन थापाले प्रचण्डको कार्यशैली मिलाएर काम गर्न नसकिने भन्दै अर्थमन्त्री पद अस्वीकार गरिदिएको विश्वस्त सूत्रले जनाएको छ ।  थापा निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेर वर्तमान मन्त्रिपरिषदले जनतालाई राहत दिन नसक्ने र असफल हुने सरकारमा सहभागी भएर आफ्नो प्रतिष्ठा गुमाउन नचाहेको हुन् ।

प्रचण्डले अर्थमन्त्रीका रुपमा कसलाई ल्याउने भनेर पार्टीभित्रैका केही विशिष्ट व्यक्तिहरुसँग छलफल गरिहेको बताइएको छ । कुशल व्यक्ति जसले वर्तमान संकटपूर्ण अवस्थाबाट मुलुकलाई त्राण दिन सक्ने क्षमता भएको व्यक्ति खोजी भइरहेको र छलफल भएपनि टुंगोमा पुुगिनसकेको जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*