लयमा फकर्दै सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
२१ फाल्गुन २०७९, आईतवार ११:०४
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ ।
नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख २ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार छाफावाला सुनको प्रतितोला मूल्य १ लाख २ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ रहेको थियो ।
d
साथै, शुक्रवार प्रतितोला प्रतितोला १ हजार २ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँ कारोबार भैरहेको छ ।