आठ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु

२१ फाल्गुन २०७९, आईतवार १७:३६

काठमाडौं । आठ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा गठबन्धनमा आवद्ध दलहरुका शीर्ष नेताहरुको सहभागिता रहेको छ। आजको बैठकमा आसन्न राष्ट्रपतिको निर्वाचन, सरकार विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल हुने बताइएको छ।

८ दलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति, जनमत, जनमोर्चा र लोसपा रहेका छन्। गठबन्धनमा आवद्ध दलहरुले शनिबार आफ्ना सांसदहरुका लागि अभिमुखीकरण सम्पन्न गरेका थिए। राष्ट्रपति निर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवारका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उठाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*