आज पहाडि र हिमाली क्षेत्रमा होली मनाउदै

२२ फाल्गुन २०७९, सोमबार १०:०३

काठमाडौं । आज अर्थात सोमजवार देशको पहाडि र हिमाली क्षेत्रमा होली मनाइदै छ । नेपाली जनताले आफ्ना दुःख पिडाहरु सबै भुलेर रंगले होली खेल्ने गर्छन । तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ।

देशको राजधानी काठमाडौंमा आज होलीको दिन भएर विभिन्न अपराधिक गतिविधि रोक्नको लागि सुरक्षा बढाएको छ । आज होली भएकोले उपत्यकाका धेरै जस्तो पसलका सटर बन्द छन् भने सडकहरु खाली छन् ।

सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, पहेँलो रङ लगाउन मन लाग्यो भने बेसारको प्रयोग गर्न सकिन्छ। रसायन नभएको रङ पनि किन्न पाइन्छ। ती रङ पाउडरका रूपमा हुन्छन्। जसको गन्ध छैन, यस्तो रङ चलाउनु राम्रो हुन्छ।

हामीले प्रयोग नै गर्न नहुने रङहरू धेरै छन्। जसले शरीरलाई हानी गर्छन्। टल्किने खालको रङ, कालो रङ र झोलवाला रङले शरीरलाई धेरै नै असर गर्छ।

कालो रङमा लेड अक्साइड, रातो रङमा मर्करी मिसाएको हुन्छ भने हरियोमा कपरसल्फेट हुन्छ। टल्किने रङ सबैभन्दा हानिकारक हुन्छ। यस्ता रङमा माइका, सिलिकाजस्ता ‘केमिकल’ को प्रयोग धेरै गरिएको हुन्छ।

केही गरी छालामा पहिले नै घाउ भएको छ भने रगतको माध्यमबाट भित्र छिरेर कलेजो लगायतका अंगलाई नै असर पार्न सक्छ। त्योबाहेक छालामा एलर्जीको समस्या हुन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*