लयमा फकर्दै सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२३ फाल्गुन २०७९, मंगलवार ११:१९

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवारको दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

साता कारोबारको पहिलो दिन अर्थात आइतवार छाफावाला सुनको प्रतितोला मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख २ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

साथै, आइतवार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँ कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*