माघ महिनासम्ममा ६ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रियो
२८ फाल्गुन २०७९, आईतवार १२:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २७.१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको सात महिनामा ६ खर्ब ८९ खर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको हो ।
गत आवको यसै अवधिसम्ममा रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३,१४,७६७ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १,६७,७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।












