६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
२९ फाल्गुन २०७९, सोमबार १०:५९

काठमाडौं । साता कारोबारको दोस्रो दिन आर्थात सोमबारको दिन सुनको मूल्य ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।
नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ४ हजार १ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
साता कारोबारको पहिलो दिन अर्थात आईतवारको दिन छाफावाला सुनको प्रतितोला मूल्य तोलामा १७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भैरहेको थियो ।
साथै, आइतबार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको चाँदीको मुल्य आज तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।












