१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
३० फाल्गुन २०७९, मंगलवार ११:१६

काठमाडौं । साता कारोबारको तेस्रो दिन आर्थात मंगलबारको दिन सुनको मूल्य १६ सय रुपैयाँले र चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ ।
नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा १६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
साता कारोबारको दोस्रो दिन आर्थात सोमबारका दिन छाफावाला सुनको प्रतितोला मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ४ हजार १ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।
साथै, सोमबार प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको चाँदीको मुल्य आज तोलामा ५५ रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।












