पद्मोदय माध्यमिक विद्यालयकोे हीरक महोत्सव, ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न (फोटोफिचर सहित) 

३० फाल्गुन २०७९, मंगलवार १४:२३

काठमाडौं । पद्मोदय माध्यमिक विद्यालयले आफ्नो हीरक महोत्सव र ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको उक्त समारोह प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले देशमा रहेका सम्पुर्ण सामुदायिक विद्यालयलाई एउटा प्याकेज तयार गरेर स्तरोउन्नती गर्ने बताएका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको पद्मोदय माध्यमिक विद्यालयको हिरक दिवस तथा बार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विद्यालयको पाठ्यक्रमलाई आधुनिक र समय सापेक्ष बनाएर समग्र विद्यालयमा सुधार कार्यक्रम लागू गरिने बताएका छन् । उनले सम्पुर्ण सामुदायिक विद्यालयको विकासको लागि सरकार प्रतिवद्ध रहेको र शिक्षाको समग्र विकासको लागि आफु सधै सकरात्मक रहेका बताएका छन् ।

‘शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पद्यमोदय माध्यमिक विद्यालयलाई प्राविधिमूलक विकासमा अगाडि बढाउन आवश्यक पर्ने पुर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको छ’ उनले भने ।

साथै, विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतमले आउदो शैक्षिक शत्रदेखि कक्षा ७,८,९ र १० कक्षासम्मका विद्यार्थीहरुलाई डिजिटल प्रविधिबाट अध्ययन सूरु गर्ने बताएका छन् । ‘संस्कारलाई प्रमुख प्राथमिकतामा राखेर हामिले अध्ययन गरिरहेका छौं’ उनले भने । समारोहमा स्वागत मन्तव्य दिदै प्रधानाध्यापक गौतमले आवश्यक शैक्षिक भवन र विज्ञान प्रयोगशालाको अभाव रहेको र यसमा सरकारले सहयोग गर्ने विश्वास रहेको समेत उनले बताए ।

उक्त कार्यक्रममा पूर्व प्रधानाध्यापक लिलानाथ शर्मालाई ‘उत्कृष्ठ प्रधानाध्यापक’ को रुपमा नगद सहित सम्मान पत्र हस्तान्तरण गरेर सम्मान गरेको थियो । साथै, समारोहले विद्यालयका १३ जना शिक्षकहरुलाई ‘दीर्घ सेवा सम्मान पत्र’ बाट सम्मान गरी हौसला प्रदान गरेको छ ।

देशको राजधानीको मुटुमा रहेको विद्यालयमा विद्यार्थीको चाप बाक्लो रहेका छ । अहिले विद्यालयमा ११ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । काठमाडौं उपत्यकाका रहेका सबै सामुदायिक विद्यालयहरुको दाजोमा पद्मदोय माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रयोगात्मक शिक्षामा अब्बल रहेको छ ।

विद्यालयकाको हिरक तथा वार्षिक उत्सव समारोहमा आम पुर्व सभामुख तथा पूर्व अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, जनता, पुर्व विद्यार्थि, अभिभावक लगायत विभिन्न उच्च पदस्त अधिकारीको उपस्थिति रहेको छ ।

तस्वीरः राजन कठायत

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*