संस्कृति इन्टरनेसनल स्कुलको १३औँ स्थापना दिवस सम्पन्न

१ चैत्र २०७९, बुधबार ११:१२

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले १३औँ स्थापना दिवसको दिन (फागुन २० गते) विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ ।

स्कुलको प्राचार्य तिमिला श्रेष्ठले बालमनोविज्ञानलाई केन्द्रमा राखी द्रुत गतिमा परिवर्तन भइरहेको विश्वलाई हाँक्न सक्ने नयाँ पुस्ताको निर्माणमा होस्टेमा हैँसे मिलाइरहेको भनाई रहेको छ ।विद्यालयका छात्राहरूले स्वागत स्वरूप गणेश बन्दनामा सुन्दर नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका विद्याथीहरुद्धरा लिखित सिर्जनात्मक लेखनलाई विद्यालयले प्रकाशित गरेको ‘संस्कृति मञ्जरी’ त्यसै मञ्चबाट प्रमुख अतिथि डाक्टर राजेश गोँगल, विद्यालयका अध्यक्ष रञ्जित आचार्य र विद्यालय निर्देशक दिप्ती आचार्य तथा विद्यालयकी प्राचार्य तिमिला श्रेष्ठले विमोचन गरेका थिए ।

विद्यार्थीको प्रतिभा प्रस्फुटन र समाजसेवा बारेको सोचलाई मलजल गर्न प्रत्येक वर्ष आयोजना गरिने ‘संस्कृति स्टुडेन्ट अफ द इयर’का विषयमा विद्यालयकी माध्यमिक तह संयोजक श्रोमोना थापाले प्रकाश पारेको थिए । सामूहिक कार्य प्रस्तुति चरण, सामुदायिक सेवा परियोजना प्रस्तुति चरण र वैयक्तिक सिप प्रस्तुति चरण गरी तीन चरणमा सम्पन्न प्रतियोगितामा सामुदायिक सेवा परियोजना प्रस्तुति चरणका प्रथम, द्वितीय र तृतीय क्रमशः वरिष्ठ न्यौपाने, रेयान राजन पुन र समृद्धि खड्का भएका थिए भने वैयक्तिक सिप प्रस्तुति चरणका प्रथम, द्वितीय र तृतीय क्रमशः नितिशा गुरुङ्ग, रेयान राजन पुन र वरिष्ठ न्यौपाने भएका थिए ।

संस्कृति स्टुडेन्ट अफ द इयरका सेकेन्ड रनर अप वरिष्ठ न्यौपाने, फस्ट रनर अप नितिशा गुरुङ्ग र स्टुडेन्ट अफ द इयर रेयान राजन पुनलाई कार्यक्रममा विशेष अतिथि डाक्टर राजेश गोँगल, विद्यालयका अध्यक्ष तथा निर्देशकले क्रमश १० हजार, १५हजार र २० हजार पुरस्कार प्रदान गरेका थिए । उक्त रकमलाई समाजसेवामा लगाउने विजेताको प्रतिवद्धता रहेको छ । उक्त स्कुलले समाजसेवाको विविध क्षेत्रमा आर्थिक योगदान गर्दै आएको छ ।

यस क्रमलाई निरन्तरता दिँदै हस्पिस नेपाललाई एक लाख रुपैयाँ त्यस संस्थाका अध्यक्ष डाक्टर राजेश गोँगल मार्फत प्रदान गरिएको थियो । रकम हस्तान्तरणपछि विद्यालयका सार्थक कामहरूको प्रशंसा गर्दै तेह्रौँ विद्यालय स्थापना दिवसको शुभकामना प्रमुख अतिथि डाक्टर राजेश गोँगलले मन्तव्य दिएका थिए ।

शिक्षालाई जीवनसँग जोड्दै विद्यार्थीको चौतर्फी विकासमा संस्कृति इन्टरनेसनल स्कुल सदा लागिरहने प्रतिवद्धता पनि व्यक्त गरे । त्यसपछि कार्यक्रमको आकर्षकणको रूपमा रहेका प्रत्येक कक्षाका खेलका स्टलहरूको उद्घाटन भयो । मञ्चबाट विद्यार्थीहरूले गायन र वाद्यवादनले मन तान्दै थिए भने खेलका स्टलहरूले उपस्थित अभिभावक तथा विद्यार्थीलाई आफूतर्फ तान्दै थिए । साथै, चित्रकला प्रदर्शनीमा दर्शकहरू विद्यार्थीका सिर्जनाको आनन्द लिँदै थिए भने थ्रिडिआई लगायतका स्टलमा पनि उत्साहमय उपस्थिति थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*