अञ्जन श्रेष्ठको प्यानलमा अरुणराज, ज्योत्सना र मनिषलाल

१ चैत्र २०७९, बुधबार १२:५३

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आशन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रँदै गरेका अञ्जन श्रेष्ठले अन्य उपाध्यक्षहरुसहितको टीम तयार गरेका छन् । यही चैत्र २८, २९ र ३० गते काठमाडौंमा हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाबाट अञ्जन श्रेष्ठको टीमका अन्य सारथीहरुमा जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान निर्वाचनमा लड्ने तयारी भइसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानमा व्यवस्था भएबमोजिम चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्षलगायत अन्य पदाधिकारीहरुको भने निर्वाचन हुनेछ । अहिले निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।

वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने विजयी हुने व्यवस्था विधानमा रहेको छ । जिल्ला नगर, एसोसिएट र वस्तुगतको मतलाई १ सय प्रतिशत हुने गरी विभाजन गरिएको छ । जिल्ला नगरतर्फ ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगतलाई २० प्रतिशत मतभार मानिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*