नेपाल इन्स्योरेन्सको संचालकमा जोगाई र पौडेल नियुक्त

२ चैत्र २०७९, बिहीबार १०:३६

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको संचालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठकले जोगाई र पौडेललाई संचालक पदमा चयन गरेको हो ।

यसअघि संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने अग्रिम इन्टरनेशनल प्रा.लि.का प्रतिनिधि विष्णु खेतान अग्रवाल र सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन पौडेलले संचालक पदबाट राजिनामा दिएकोमा रिक्त रहेको सो पदमा संस्थापकतर्फबाट अग्रिम इन्टरनेशनलकै तर्फबाट जोगाई र सर्वसाधारण शेयरधनीको तर्फबाट पौडेल नियुक्त भएका हुन् ।

दुबै संचालकलाई बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालको लागि रिक्त रहेको संचालक पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*