सर्वसाधारणसँग स्वास्थ्य बीमाको पैसा उठाएर कर्मचारी फरार

२ चैत्र २०७९, बिहीबार १४:०३

काठमाडौं । बीमितले स्वास्थ्य बीमा वापत तिरेको रकम लिएर एक कर्मचारी फरार भएका छन् । स्वास्थ्य बीमा बोर्डको खातामा जम्मा गनुपर्ने रकम लिएर ती कर्मचारी फरार भएका हुन्। उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अलीले बोर्डको स्वास्थ्य बीमा बोर्डको खातामा जम्मा गनुपर्ने २२ लाख रुपैयाँ रकम लिएर फरार भएका हुन्। पुुस ११ गतेदेखि फरार भएका अलिलाई स्वास्थ्य बीमा बोर्डले २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि फिरोज अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ । अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो खातामा जम्मा गरेको थियो ।

बीमावापत सर्वसाधारणले जम्मा गरेको रकम जति आफ्नो खातामा राखेर उनले पछि आफ्नो व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेश गरेका थिए । तर त्यसबेला खातामा रकम नभई चेक फिर्ता (बाउन्स) भएको थियो ।
तोकिएको समयसीमाभित्र उपस्थित नभए अपचलन गरेको रकम ब्याजसहित असुल गरी कानुुनी कारबाही अघि बढाइने पनि बोर्डले जनाएको छ ।

बोर्डले २९ असारमा सार्वजनिक सूचना निकाल्दै तोकिएको समय भित्र रकम दाखिल गरेर स्पष्टीकरण पेश नगरेमा अपचलन गरेको रकम व्याज सहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*