यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोटमा

२ चैत्र २०७९, बिहीबार १७:४१

काठमाडौं । नेपाल सिधै विश्वकप क्रिकेट प्रतियोगिताको छनोटमा पुगेको छ।

बिहीबार त्रिवि क्रिकेट मैदनमा भएको खेलमा डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो।

अध्यारो भएकोले ५० ओभरको खेललाई ४४ ओभरमा छोट्याएर डिएल विधि अनुसार यूएईलाई ९ रनले हराउँदै नेपाल एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायरमा पुगेको छ । आजको जितसँगै अब नेपालले एक दिवसिय विश्वकप खेलको छनौट चरणको खेल जिम्बाबेमा खेल्नेछ ।

४४ ओभर सकिँदा अम्पायरले खेल रोक्नुअघि नेपालले २६९ रन बनाएको थियो भने डीएल प्रणालीमा २६० रन आवश्यक थियो । आवश्यक भन्दा नौ रन बढि भएकोले नेपालले खेल जितेको हो । यसअघि युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याइरहेको नेपालले खेल पूरा भएको भएपनि जित्ने सम्भावना जीवितै थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*