मोहन निरौलाले घोषणा गरे प्यानल, सविन श्रेष्ठ महासचिवको उम्मेदवार

३ चैत्र २०७९, शुक्रबार १८:३९

काठमाडौं । भोलि हुने चलचित्र कलाकार संघको कार्यसमिति चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएका मोहन निरौलाले प्यानल घोषणा गरेका छन् ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेण्डासहित प्यानलबाट उम्मेदवारी दिने अन्यको नाम समेत सार्वजनिक गरे । निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् । महासचिवमा सविन श्रेष्ठ छन् ।

सचिवमा रामेश्वर बुर्लाकोटी छन् । कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छिन् । सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।
सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् । कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई निरौलाले एजेण्डा बनाएका छन् ।

निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता समेत हुन् । बुधबार मात्रै अध्यक्ष पदकी अर्की उम्मेदवार रेजिना उप्रेतीले प्यानल घोषणा गरेकी थिइन् । यतिबेला चलचित्र कलाकारहरु चुनावमा व्यस्त छन् । शनिबार हुने चुनावका लागि उम्मेदवारहरु भोट माग्न व्यस्त देखिन्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*