रन्जना निरौलाको कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण

५ चैत्र २०७९, आईतवार १६:४७

काठमाडौँ । साहित्यकार रन्जना निरौलाको नयाँ कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण गरिएको छ । भारतको भुवनेस्वरमा भएको कलिंग साहित्य महोत्सवको अवसरमा अंग्रेजी भाषाको उक्त पुस्तक लोकार्पण गरिएको हो ।

कलिंग साहित्य महोत्सवका निर्देशक रश्मि रन्जन पारिदा, हिमान्सु शेखर, गीतिका कोहली, कस्तुरिका तथा नेपालका वरिष्ठ साहित्यकारहरु तुलसी दिवस, दिनेश अधिकारी र रन्जना निरौलाले सामुहिक रुपमा कवितासंग्रहको विमोचन गरेको हुन् ।

कविताका बारेमा गीतिका कोहली, कस्तुरिका, दिनेश अधिकारी र तुलसी दिवसले बोलेका थिए । वितास्ता पब्लिकेसन दिल्लीबाट प्रकाशित अंग्रेजी भाषामा लेखिएको निरौलाको नयाँ कवितासंग्रह अमाजन इंडिया र फ्लिप्कार्ट अनलाइनमा उपलब्ध छ ।

उक्त महोत्सवमा नेपालबाट सहभागी साहित्यकार रञ्जना निरौला र सुमित शर्मालाई ओडिसाका गभर्नर प्रोफेसर गनेशी लाल, पद्म विभुषण शिताकान्त महापात्र तथा वरिष्ठ कवि तुलसी दिवसद्वारा बुक अवार्ड प्रदान गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*