आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रेसियो कति ?

५ चैत्र २०७९, आईतवार १९:४५

काठमाडौं ।  आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच आज  मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीको डिडिए सम्पन्न भई पूर्वनिर्धारित स्वाप रेसियो १ः१ मा आपसमा मर्जरमा जाने अन्तिम सम्झौता भएको हो ।

मर्जर सम्बन्धी अन्तिम हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडल तथा अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका उच्च व्यवस्थापन तहका पधादिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने र गाभिने (मर्जर) सहमति सहित अन्तिम सम्झौता सम्पन्न भएको जनाएको छ ।
आज भएको दुबै कम्पनीबीचको सम्झौतापत्र हस्ताक्षर भएपछि दुवै कम्पनीले विशेष साधारणसभा मार्फत उक्त अन्तिम सम्झौता पारित भई एकीकृत कारोबार गर्न थाल्नेछन् । त्यसको लागि करिब थप ४५ देखि ६० दिन लाग्नेछ ।

गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका डिडिए सम्पन्न भएको छ । २७ गते मर्जर सम्झौता भएकोमा फागुन १२ गतेतिरबाट डिडिए सुरु गरिएको थियो । सुरुमै १ः१ स्वाप रेसियोमा जाने दुवै पक्षको सहमति भएकोले कुनै कुरा नहेरी डिडिए रिपोर्र्ट तयार पारिएको स्रोतले जनाएको छ ।प्रारम्भिक सम्झौता गरेको ३८ दिनमा दुई बीमा कम्पनीले अन्तिम मर्जर सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौतामा नयाँ कम्पनीको सिईओमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ हुनेछन् । त्यस्तै कम्पनीको अध्यक्षमा हेमराज ढकाल हुनेछन् । कम्पनीको नाम आइएमई प्रुडेन्सियल इन्स्योरेन्स राख्ने सहमति भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*