प्रुडेन्सियल र आइएमई जनरलद्धारा मर्जर सम्झौता अनुमोदन गर्न विशेष साधारणसभा आह्वान

७ चैत्र २०७९, मंगलवार ०९:३५

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यही चैत्र २२ गते विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले गत चैत्र ५ गते पारित गरेको मर्जर सम्बन्धी अन्तिम सम्झौता पारित गर्न विशेष साधाणसभा आह्वान गरेका हुन् । 


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चैत्र २२ गते बाराको होटल सिमरामा विशेष साधारणसभा आह्वान गरेको छ । त्यस्तै, सोही दिन आइएमई जनरल इन्स्योरेन्स कम्पनीले काठमाडौंको लैनचौर बैंक्वेटमा विशेष साधारणसभा आह्वान गरेको छ । 


दुवै कम्पनीको साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने प्रस्ताव गरिएको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका शेयर धनीहरुले रातारात मर्जर सम्झौता गरिएकोमा सञ्चालकहरू समक्ष आशङ्कापूर्ण तरिकाले हेर्दै आएका छन् । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको बीचमा मर्जर गर्ने सम्बन्धी कार्य १५ दिनमा सम्पन्न भएको थियो । 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*