निर्जीवन बीमा कम्पनीका लागि सिईओको खोजीमा चौधरी ग्रुप, युनाईटेडमा नयाँ सिईओ नियुक्ती हुन लागेको हो ?

७ चैत्र २०७९, मंगलवार २१:१८

काठमाडौं । चौधरी ग्रुपले दुई दिन अघिदेखि एउटा निर्जिवन बीमा कम्पनी चलाउन सक्ने सिईओको खोजी गरिरहेको छ । कम्पनी सार्वजनिक रुपमा सञ्चार माध्यममा सूचना प्रकाशन गरेर सिईओको लागि दरखास्त आह्वान नगरे पनि सामाजिक सञ्जालमार्फत सिईओ खोजी गरेको हो ।

सिजी ग्रुपका ग्लोबल एचआर हेड टंक भट्टराईले प्रोफेशनल सामाजिक सञ्जाल लिङ्क्डइनमार्फत सिईओका लागि दरखास्त दिन आह्वान गरेका छन् । भट्टराई सिजी ग्लोबलका ग्लोबल एचआर प्रमुख हुन् । उनले दुई दिन पहिले लिङ्क्डइनमा पोष्ट गरेको स्टाटसमा चलिरहेको निर्जीवन बीमा कम्पनीलाई स्वतन्त्रपूर्वक चलाउन सक्ने योग्यता पुगेको व्यक्तिलाई यथाशक्य छिटो सम्पर्क गर्न भनिएको छ ।

चौधरी ग्रुपको मुख्य लगानीमा नेपालमा युनाइटेड इन्स्योरेन्स सञ्चालित छ । उक्त कम्पनीमा सिईओ पद रिक्त छ । मर्जरमा जान लागेको कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । कम्पनीले अजोड इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जाने सम्झौता गरिसकेका छ । मर्जरपछि कम्पनीले हाल अजोड इन्स्योरेन्स कम्पनीमा काम गरिरहेकै कुमार बहादुर खत्रीलाई सिईओ बनाउन सक्ने सम्भावना छ । मर्जरको क्रममा दुई पक्षका मर्जर कमिटीका बीचमा सिईओको भाग चौधरी ग्रुपलाई परेको हुनसक्ने विश्वास गरिएका छ । जसका कारण ग्रुपले मर्जर अघि नै सिईओ खोजी सुरु गरेको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको पुरानो निर्जीवन बीमा कम्पनी हो । चौधरी ग्रुपसँग जोडिएको कम्पनी भएर पनि अन्य क्षेत्रमा जस्तो नम्वर वान बनाउन नसकिएको भन्दै सिजी ग्रुपले मोष्ट ट्यालेन्ट सिईओ खोजेर कम्पनीलार्ई अघि बढाउन चाहेको चौधरी ग्रुप स्रोतले जनाएको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीले अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने सम्झौता गरिसकेको छ । युुनाईटेड पुरानो कम्पनी भएकोले स्वाप रेसियो अजोड इन्स्योरेन्सको भन्दा निकै बढि हुने विश्वास गरिएको छ । यसअघि प्रभु इन्स्योरेन्ससँग स्वाप रेसियो र पद बाँडफाँडकै कारणण् सम्झौता तोडेको अजोड इन्स्योरेन्स कम्पनीले अब युनाइटेड इन्स्योरेन्स कम्पनीसँगको मर्जरमा पनि सिईओ नपाउने लगभग पक्का जस्तै देखिएको अवस्थामा मर्जर के होला ? बजारमा चर्र्चा चल्न सुरु गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*