वैदेशिक रोजगारमा रहेका श्रमिकको लागि सामाजिक सुरक्षा कोषको शुभारम्भ

काठमाडौं । नेपाल सरकारले आज (बुधबार)बाट वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषको शुभारम्भ गरेको छ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)बाट सामाजिक सुरक्षा कोषको शुभारम्भ भएको हो ।
सामाजिक सुरक्षा कोषको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारमा रहेका नेपाली युवाहरुको आर्थिक स्तर अगाडि बढाउन मद्दत पुग्ने बताएका छन् । ‘देशको उत्पादनशिल शक्तिको रुपमा रहेको युवा शक्तिहरु विदेशीने समस्यालाई चाँडै दैशमै आन्तरिक रोजगारी सिर्जना गरी सामाधान गर्ने छु’ उनले भने । साथै, प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारमा गएका युवाले देशको अर्थतन्त्रमा पुर्याएको योगदानलाई आफुले सधै सम्मान गरेको र आगामी दिनमा विदेश जाने युवाहरुलाई सरकारले ६ महिने सिपमुलक तालिम सेवा प्रदान गरी दक्ष बनाएर मात्र पठाउने बताए ।
साथै सो समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द प्रसाद ढकालले समाजिक सुरक्षा योजनाले वैदेशिक रोजगारमा रहेको नेपाली श्रमिकहरुलाई पेन्सन, शिक्षा, उपचार लगायतका अन्य तोकिए बमोजिमका सेवाहरुबाट प्रतिफल सहित एकमुष्ट रकम भु्क्तानी गर्दा आर्थिक रुपमा सहयोग र जीवनस्तर उकास्न सहयोग मिल्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहित नेपाल सरकारका मुख्य सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव, एनआरएनका अध्यक्ष लगायत आम सरोकारवालाको बाक्लो उपस्थिती रहेको थियो ।