एकीकृत कारोबारको एक साता बित्दा पनि सलिकोको वेबसाइट बनेन, बीमितहरुलाई सास्ती

८ चैत्र २०७९, बुधबार १७:२०

काठमाडौं । फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको वेबसाइट अझैसम्म पनि अपडेट गरिएको छैन । एकीकृत कारोबार सुरु गरेको एक साता बितिसक्दा पनि कम्पनीको यस्तो खालको ढिलाईपनले गर्दा लाखौं ग्राहक तथा बीमितहरुले सास्ती भोग्नुपरेको छ ।

साविक लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले एक आपसमा गाभिई ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड’ नामबाट वा (सलिको) ब्रान्डबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

अहिले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वेबसाइट खोल्दा सगरमाथा इन्स्योरेन्सको नाम र लोगो मात्रै रहेको साइट खुल्छ । जसमा संचालक समिति, व्यवस्थापन टिम लगायतका अन्य फिचर्सहरु अपडेट गरिएता पनि मुख्य कम्पनीको नयाँ लोगो अपडेट गरिएको छैन ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स सर्च गर्दा समेत सगरमाथा इन्स्योरेन्सको वेबसाइटको मात्रै लिङ्क देखाउने र उक्त लिङ्क खोल्दा एकीकृत भएपछिको वेबसाइट रहेतापनि सगरमाथा इन्स्योरेन्सको मात्रै लोगो रहेको साइट खुल्ने बीमितहरुको भनाई छ । यसले गर्दा बीमितहरु अन्योलमा पर्ने जस्ता समस्याहरु देखिन थालेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको यस्तो खालको ढिलाईपनले गर्दा बीमितहरुले समस्या भोग्नु परेका छन् । कम्पनी प्रचार प्रसारको लागि लाखौं रुपैयाँ खर्च गर्ने कम्पनीले आफ्नो बीमितहरुको सुविधालाई बेवास्ता गरी अझै सम्म पनि वेबसाइट अपडेट गर्न ढिलाई गरिरहेको देखिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*