मध्यभोटेकोशी जलविद्युत कम्पनीको सिइओ राम गोपाल शिवाकोटीको कार्यकाल थप
९ चैत्र २०७९, बिहीबार १०:३३

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम गोपाल शिवाकोटीको कार्यवधि थप गरेको छ ।
शिवाकोटीसँग २०७७ चैत ९ मा गरिएको करार सेवा सम्झौताको म्याद यहि चैत ८ गते सकिने भएकोले कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले उनको करार सेवा सम्झौताको म्याद ३ वर्ष सम्म थप गरेको हो ।












