ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बुधबार छापावाल सुन १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।
बिहिबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर तोलाको १३ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ३५ रुपैयाँ कायम भएको थियो ।