राजेशकुमार अग्रवाल बने उद्योग परिसंघको वरिष्ठ उपाध्यक्ष

९ चैत्र २०७९, बिहीबार १६:३०

काठमाण्डौ । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन्। परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो।

डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजश्व समिति सभापति एवं विभिन्न समितिमा रहेर काम गरिसकेका अग्रवाल रोजगारदाता परिषद् संयोजक भई २०७४ बाट परिसंघको उपाध्यक्ष रहेका थिए।

काठमाण्डौमा जन्मिएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा छन्। आरएमसी गु्रपका कार्यकारी निर्देशकसमेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आबद्ध छन्।

उद्योग व्यवसाय क्षेत्रको लामो अनुभव तथा विज्ञताले परिसंघलाई थप गतिशील बनाउँदै देशको अर्थतन्त्र सुधारका लागि उनले महत्वपूर्ण भूमिका खेल्ने परिसंघको विश्वास छ ।

आगामी वार्षिक साधारणसभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नेछन्। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*