राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार

१० चैत्र २०७९, शुक्रबार १२:२३

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले १२औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् । अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ । यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो ।

यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*