आजदेखि बोआओ फोरम फर एसिया सम्मेलन सुरु, नेपाल नै संस्थापक भएको फोरममा प्रधानमन्त्री प्रचण्डद्धारा अपमान

१४ चैत्र २०७९, मंगलवार ०८:११

काठमाडौं । एसियाली विकास र समृद्धिको बारेमा बहस तथा रणनीति बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बोआओ फोरम फर एसिया सम्मेलन आजदेखि चीनमा सुरु हुँदैछ । विडम्बना के छ भने नेपाल आफै संस्थापक रहेको सो फोरममा नेपालबाट प्रधानमन्त्री वा राष्ट्रपति कोही पनि उपस्थित हुने छैनन् ।


चीनको हेनान प्रान्तमा आयोजना गरिएको सम्मेलन मार्च ३१ सम्पन्न हुनेछ । बोआओ फोरम फर एसियाको नेपाल संस्थापक राष्ट्र हो । यस वर्ष बोआओ फोरम फर एसिया सम्मेलन प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सुरक्षा र विकास तथा समृद्धिको विषयमा बहस हुनेछ । आजबाट सुरु हुने सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले मार्च ३० गते औपचारिक उद्घाटन गर्नेछन् । 

 


नेपाल–चीन सम्बन्ध विकासको लागि उक्त फोरम निकैै महत्वपूर्ण रहँदै आएको छ । तत्कालीन राजा वीरेन्द्रले चीनसँग सन्तुलित सम्बन्ध विकास गरेका  कारण चीनले रणनीतिक महत्वको ऐतिहासिक फोरमको संस्थापक राष्ट्र बनाएको थियो । सो फोरमको पाकिस्तान, इरानसँगै नेपाल पनि संस्थापक राष्ट्र हो । उक्त फोरमको पहिलो सम्मेलन २००१ मा भएको थियो । नेपालमा विगतमा सक्रिय सहभागिता जनाउँदै आए पनि पछिल्ला केही वर्षहरुमा भने तर, नेपालका प्रधानमन्त्री र राष्ट्रपति भारतीय शासकलाई खुशी पार्न, चाकडी गर्न उक्त सम्मेलनमा भाग लिन छोडेका छन् । यसअघि केपी ओलीकै शैलीमा यस पटक प्रधानमन्त्री प्रचण्डले भारतसँग डराउँदै एसियाका शक्तिशाली राष्ट्रहरू सहभागी हुने विशाल अन्तर्राष्ट्रिय फोरममा पुगेर अन्तर्राष्ट्रिय सम्बन्धी सुधार गर्न र विकास र समृद्धिमा अन्तर्राष्ट्रिय साझेदारी गर्न चुकेका छन् ।

बोआओ फोरम फर एसियाका अध्यक्ष संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मून रहेका छन् भने बोर्ड सदस्यमा भारतीय प्रख्यात व्यापारी रतन टाटा समेत रहेका छन् । 


प्रधानमन्त्री प्रचण्डले चीनसँगको सम्बन्धलाई अनदेखा गर्दै उक्त सम्मेलनमा भाग नलिने निर्णय गरेर दिल्ली रिझाउन खोजेका छन् । अर्को रोचक तथ्य पनि यसैसँग जोडिएको छ– २०७४ सालमा केपी ओली प्रधानमन्त्री हुने वित्तिकै आयोजना गरिएको बोआओ फोरम फर एसिया सम्मेलनमा केपी ओलीले अन्तिम समयमा नजाने निर्र्णय गरेर भारत गएका थिए । अहिले चीनमा प्रचण्ड पनि केपी ओलीकै लाइनमा गएर भारत परस्त हुन पुगेको विश्लेषण गरिएको छ । यसअघि बोआओ फोरम फर एसिया सम्मेलनमा भाग नलिने केपी ओलीले चीनको अपमान गरेको आरोप लगाएको थियो । यस पटक पनि प्रधानमन्त्री प्रचण्डले चिनियाँ आमन्त्रणलाई तिरस्कार गरेर चीनियाँ सद्भाव र मायाको अपमान गरेको रुपमा समेत चर्चा भइरहेको छ । 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*