अर्थमन्त्रीमा प्रकाशशरण महत, रक्षा उप प्रधानमन्त्रीमा पूर्ण बहादुर खड्का लगभग सहमति, दीपक खड्का उर्जा मन्त्री बन्ने

१४ चैत्र २०७९, मंगलवार ०९:३९

काठमाडौं । सम्भवतः आजै साँझसम्ममा प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद विस्तार गर्नेछन् । नयाँ मन्त्रिमण्डलमा सर्वाधिक चासोपूर्वक हेरिएको अर्थमन्त्रालयमा डा. प्रकाशशरण महत बन्ने लगभग निश्चित जस्तै भएको छ । पूर्ण बहादुर खड्का र डा. महतका बीचमा चलेको प्रतिस्पर्धामा अब सहमति नजिक पुगेको बताइन्छ । यद्यपि अझै यसै भन्न सकिने अवस्था नरहेको पूर्ण बहादुर खड्का निकट स्रोतले जनाएको छ ।

त्यस्तै, नेपाली कांग्रेसबाट दीपक खड्का उर्जा मन्त्री बन्ने भएका छन् । अन्य मन्त्रीहरुको टुंगो लगाउन बाँकी छ । हिजो बसेको छलफलमा सहमति जुट्न नसकेपछि आज अपरान्ह ४ बजे पुनः प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएका छन् । आजको बैठकमा सहमति भएमा नयाँ सरकारले तत्कालै पूर्णता पाउने जनाइएको छ ।

हालसम्मको हिसाब अनुसार कांग्रेसबाट आठ, माओवादीबाट पाँच, समाजवादी स्वतन्त्रबाट ३–३, प्रभु शाहलाई एक वटा मन्त्राललय दिने तयारी भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*