तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१४ चैत्र २०७९, मंगलवार ११:०४

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा हजार रुपैयाँले घटेको हो ।

संघका अुनसार मंगलबार छापावला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन (सोमबार) छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम रहेको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँमा कायम भएको छ । सोमबार १ लाख ८ हजार ५ सय रुपैयाँ कायम रहेको थियो ।

साथै , आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । आज प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*