मृत्युमार्ग बनेको कर्णाली करिडोरलाई जीवन मार्ग बनाउन सांसद कार्चेनको माग

१५ चैत्र २०७९, बुधबार १४:३८

काठमाडौं । प्रतिनिधि सभामा हुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद छिरिङ डम्दुल लामा भोटे (कार्चेन) ले हुम्लासम्म दुई लेनको सडक विस्तार गर्न आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद कार्चेनले हुम्ला जाने कर्णाली करिडोर राजमार्ग मृत्युमार्गको रुपमा रहेको भन्दै उक्त राजमार्गलाई जीवन मार्गको रुपमा रुपान्तरण गर्न सरकारसँग माग गरेका छन् । माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभामा सदस्य बनेका छिरिङ डम्दुल लामा भोटेले हुम्लालाई पर्यटनको विकास गरी हब बनाउन माग गरेका छन् ।

उनले कर्णालीमा राष्ट्रिय प्रशारण लाइन बनाउन सरकारसँग माग गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*