९ दल सरकारमा सहभागी हुने, भोलि शपथ, को बन्ला नयाँ अर्थमन्त्री ?

१५ चैत्र २०७९, बुधबार १८:१९

काठमाडौं । चर्को झगडाका बीचमा प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाउने भएको छ । तीन दिनदेखिको बिना निष्कर्ष टुंगिदै आएको सत्ता गठबन्धनको आज बसेको बैठकले भोलि मन्त्रिपरिषद विस्तार गर्ने सहमति गरेको हो ।

दश दलीय सत्ता गठबन्धनमा बिहीबार मन्त्रिपरिषद् विस्तार हुनेछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति भएको हो ।जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको पुष्टि गरे । उनले भने, ‘भोलि बेलुका शपथ हुनेछ । जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या टुङ्गो लाग्यो ।’

मन्त्रालयको संख्यामा कुरा मिले पनि अब मन्त्रीहरुको सूचि सम्बन्धित दलहरुले बुझाउनुपर्नेछ । सो अनुसार कांग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशशरण महत हुनेछन् भने रक्षामन्त्री पूर्ण बहादुर खड्काले पाउने प्रबल सम्भावना रहेको छ । यद्यपि अझै कांग्रेसभित्र छलफल जारी छ । त्यस्तै, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबाट प्रकाश ज्वाला र बेदुराम भुषाल मन्त्री बन्ने भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*