पूर्व गभर्नर चिरञ्जीवी नेपाल राष्ट्रपति पौडेलको आर्थिक सल्लाहकारमा नियुक्त

१५ चैत्र २०७९, बुधबार १९:३७

काठमाडौं । पूर्व गभर्नर तथा अर्थविज्ञ चिरञ्जीवी नेपाल राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार अर्थविद नेपाललाई राष्ट्रपति कार्यालयको आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरिएको हो ।


राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नियुक्त डा. नेपाल नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत हुन् । 


त्यसैगरी, राष्ट्रपति पौडेलले आजै कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*