सुनको मूल्य घट्यो भने चाँदीको मूल्य बढ्यो

१६ चैत्र २०७९, बिहीबार ११:११

काठमाडौं । साता कारोबारको पाँचौं दिन अर्थात बिहिबार सुनको मुल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ८ हजार २ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको छ ।

अघिल्लो दिन अर्थात बुधबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*