एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

१७ चैत्र २०७९, शुक्रबार १०:५७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मुल्य बढेको छ । आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ र चाँदी तोलामा २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको छ ।

अघिल्लो दिन अर्थात बिहिबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ७ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*