घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२३ चैत्र २०७९, बिहीबार ११:११

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहिबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८  सय  रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख १० हजार २ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार कारोबार भैरहेको छ ।

कारोबारको अघिल्लो दिन अर्थात बुधबार सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँले कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ४३५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ४४० सय रुपैयाँमा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*