सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमा आजदेखि आवेदन दिन सकिने

२६ चैत्र २०७९, आईतवार ०८:५७

काठमाडौं । सिद्धार्थ क्यापिटलले आज (चैत २६ गते) देखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।

सोमध्ये न्यूनतम १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि २०८० बैशाख १० गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात ६ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ। यो एक बन्दमुखी योजना हो। यसको अवधि १० वर्षको रहेको छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*