नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

२६ चैत्र २०७९, आईतवार १०:३९

काठमाण्डौं । काठमाण्डौ । नेपालपेका ग्राहकले नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% वा अधिकतम १ सय रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् ।

उक्त अफर नेपालभरि रहेका नेपालपे क्यूआरका सम्पूर्ण मर्चेन्टहरुमा २०७९ चैत २६ गतेदेखि २०८० वैशाख २ गतेसम्म उपलब्ध हुनेछ ।

विभिन्न मर्चेन्टहरुमा स्ट्याटिक क्यूआर, डिपार्ट्मेन्ट स्टोरमा डायनामिक क्यूआ, ई–कमर्स पोर्टलमा क्यूआर गेटवे तथा पीओएसमा उपलब्ध रहेको नेपालपेस क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएसबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन्। नयाँ वर्ष २०८० मा नेपाल भरी रहेका २ लाख ३५ हजारभन्दा बढी नेपाल पे क्यूआर मर्चेन्टहरुमा लागू गरिएको उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

हाल नेपालपे क्यूआरको सुविधा अधिकांश बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ र वालेटहरुमा उपलब्ध रहेको छ। नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*