राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

२६ चैत्र २०७९, आईतवार १६:३९

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकार किरण पोखरेल नियुक्त भएका छन्। आइतबार सूचना आयोगका पूर्वआयुक्त तथा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिले यसअघि राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा। सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा। चिरञ्जीवी नेपाल, निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*