नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गर्ने सर्वोच्च अदालको फैसला, लाईसेन्सविरुद्धका सबै प्रकारका रिटको सुनुवाइ सकियो

काठमार्डौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गर्ने सर्वोच्च अदालतले फैसला सुनाएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले आज रिट खारेज गरेको हो।
नेपाल धितोपत्र बोर्डलाई बजारको आवश्यकताअनुसार नयाँ स्कट एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स खोल्न खुला भएको छ। गत बुधबार पनि नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्रसम्बन्धी ऐन, २०६४ को परिधिभित्र नै रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले ठहर गरेको थियो।
आइतबार पनि अधिवक्ता दिपकविक्रम मिश्रसहितले दायर गरेको रिटमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चको यो फैसलासँगै अब नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरण गर्ने बाटो खुल्ने भएको छ। नयाँ स्टक ब्रोकरविरुद्ध परेका सबै प्रकारका रिटको सुनुवाइसमेत सकिएको छ।













very nice.