प्रभु बैंकको २ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

६ बैशाख २०८३, आईतवार १२:४२

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ४४ हजार १२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थापक शेयरधनी किरण देवी अग्रवालले ११ हजार ८७ कित्ता, विनोद थकालीले २ लाख कित्ता र दुर्गा बहादुर श्रेष्ठले ३३ हजार ३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका हुन्।

सो शेयर यसअघि नै बैंकका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिई ३५ दिन खरीदका लागि समयावधि दिइएकोमा शेयर बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरीदका लागि निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*