बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
६ बैशाख २०८३, आईतवार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ रुपैयाँमा किनबेच भइरहेको छ ।











