७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२७ चैत्र २०७९, सोमबार १०:५२

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ९ हजार ७ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको छ ।

कारोबारको अघिल्लो दिन अर्थात आइतवार सुनको मूल्य १ लाख १० हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात आइतवारको दिन पनि १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*