सुनको मूल्य स्थिर रहदा चाँदीको घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
५ बैशाख २०८०, मंगलवार १०:५९

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलवार सुनको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।













