जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय

५ बैशाख २०८०, मंगलवार २०:२३

सरकारले जग्गा कित्ताकाट खुला गरेको छ।आज बसेको मन्त्रिपरिषद्‍ बैठकले गरेको निर्णय जानकारी दिँदै जग्गा कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो। त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू(उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ’ उनले बताईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*