आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ

२७ बैशाख २०८०, बुधबार १९:२०

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्ज भई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ।नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति थियो । कम्पनीले सबै मर्जर प्रकृया पूरा गरि आजदेखि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट कारोबार भएको छ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ गरेका छन् । उनले नयाँ कम्पनीको प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभारम्भ गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको पहिलो मर्जरको प्रस्ताव ल्याउने कम्पनी भएको भन्दै आज मर्जर सफल रुपमा सम्पन्न भएर एकिकृत कारोबार शुभारम्भ सुरु गरेको भन्दै शुभकामना दिएका थिए । बीमा कम्पनीहरुले बीमा पहुँच विस्तारमा समेत ध्यान दिनुपर्ने कुरा कार्यक्रममा व्यक्त गरेका थिए ।

उनले बीमा कम्पनीहरुको सफलता र असफलता बीमा प्राधिकरणसँग जोडिएको भन्दै भोलिको दिनमा मर्जर भएका कम्पनीहरु अन्य कम्पनीहरुको तुलनामा फरक हुन सकेन भने मर्जर के का लागि भन्दै नियामकलाई प्रश्न आउने भन्दै यसतर्फ बिशेष ध्यान दिन कम्पनीलाई सुझाव दिएका थिए ।राज्यले मौद्रिक नीतिमा बीमालाई पछाडि राखेर अर्थतन्त्र माथि नजाने भन्दै आरोप लगाएका छन् ।

अध्यक्ष सिलवालले आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर भई नयाँ निर्जिवन बीमा कम्पनीको रुपमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरेको कम्पनीलाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।

आज बिहान कम्पनी अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए ।कम्पनीका अध्यक्ष हेम राज ढकालले मर्जरको समयदेखि आजको दिनसम्म अहोरात्र खटेर काम गर्ने सम्पूर्ण कमिटी र कर्मचारीहरुलाई धन्उवाद ज्ञापन गरेका थिए ।

एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगेश भक्त बाडेले एक वर्ष मर्जर अभियानमा सक्रिय सबैमा कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा कम्पनीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*